Logo
Logo

आईजीपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे दानबहादुर


0
Shares

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकबाट हटाइएको दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । साथै उनलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो ।

केसीको नियुक्तिविरुद्ध कार्की आज रिट लिएर सर्वोच्च पुगेका हुन् । कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले आईजीपी नियुक्तिविरुद्ध रिट अदालत पुगेको बताए । मन्त्रिपरिषद्को निर्णय अनुसार डा मनोज केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उनको रिट दर्ता प्रक्रियामा रहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000