Logo
Logo

आज विश्व रेडियोग्राफी दिवस मनाइँदै


0
Shares

काठमाडौं । आज विश्व रेडियोग्राफी दिवस मनाइँदै छ । हरेक वर्षको नोभेम्बर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरूप आज विश्वभर नै यो दिवस मनाउन लागिएको हो ।

The current image has no alternative text. The file name is: day.jpg

सन् १८९५ नोभेम्बर ८ मा जर्मन मेकानिकल इन्जिनियर विलहेल्म रोइन्टगेनले रेडियोग्राफीको आविष्कार गरेका थिए । उनै वैज्ञानिकले गरेको विकिरण एक्स–रेको आविष्कारप्रति सम्मान दिन यो दिवस मनाइन्छ । सर्वप्रथम सन् २०१२ मा रेडियोलोजीको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो । युरोपियन सोसाइटी अफ रेडियोलोजी, उत्तरी अमेरिकाको रेडियोलोजिकल सोसाइटी, अमेरिकन कलेज अफ रेडियोलोजीको पहलमा विश्व रेडियोलोजी दिवस मनाउन सुरु गरिएको हो ।

विश्व रेडियोग्राफी दिवस २०२५ को  नारा ‘रेडियोग्राफरहरूस् नदेखिने कुराहरू हेर्ने’ भन्ने रहेको छ, यसको अर्थ, रेडियोग्राफरहरूले एक्स-रे, सीटी, र एमआरआई जस्ता इमेजिङ प्रविधि प्रयोग गरी शरीरभित्रका तिन कुराहरू हेर्छन् जुन बाहिरबाट देखिँदैनन् । यसले रोग वा चोट पत्ता लगाउन र सही रूपमा निदान तथा उपचार गर्न सहयोग पुर्‍याउँछ ।

आधुनिक सरल चिकित्सा प्रणालीमा रेडियोग्राफीको ठूलो भूमिका रहेको छ । विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाउने दिनको रुपमा आजको दिनलाई लिने गरिन्छ । रेडियोग्राफीको माध्यमले शरीरभित्रका हड्डी, क्याभिटी र कुनै बाहिरी पदार्थ भए९नभएको पत्ता लगाउन सकिन्छ । सामान्यतया, एक्सरे दुई किसिमले गरिन्छ ।

कम्प्लिकेट रेडियोग्राफी र डाइरेक्ट रेडियोग्राफी । डाइरेक्ट रेडियोग्राफी सजिलो पद्धति हो । जसबाट बिरामीको रिर्पोट चाँडो निस्कनुका साथै शरीरका अंगको तस्बिरसमेत स्पष्ट देखिने गरी निस्कन्छ । जो सबैभन्दा बढी प्रयोग हुने एक्सरे पद्धति पनि हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000