Logo
Logo

देउवा समूहको ३९ जिल्ला सभापति को-को भए ? (सूचीसहित)


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९ जिल्लामा महाधिवेशन सम्पन्न गरेको छ । समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको देउवा समूहले ३९ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति चयन गरेको हो ।

समूहको सम्पर्क कार्यालय चुनदेवीले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । सोहीअनुसार देउवा समूहले जिल्ला अधिवेशन कार्तिक मसान्तसम्म सम्पन्न गर्ने समय तोकेको छ ।

कुन जिल्लामा को भए सभापति ?
१. ताप्लेजुङ – अमर बहादुर सेन्दाङ
२. झापा – कृष्ण हुमागाईं
३. संखुवासभा – रामकुमार जिमी
४. भोजपुर – धर्मराज राई
५. खोटाङ – रोजेन राई
६. धनुषा – कोमलकान्त झा
७. बारा – राजेशराय यादव
८. सिन्धुपाल्चोक – बालकृष्ण बस्नेत
९. चितवन – मिलनबाबु श्रेष्ठ
१०. कास्की – ऋषिराम काफ्ले
११. पर्वत – यमबहादुर मल्ल (रामकृष्ण)
१२. स्याङ्जा – इन्द्रबहादुर गोदार
१३. म्याग्दी – हिराबहादुर पुन
१४. कपिलवस्तु – राजेश सिंह
१५. अर्घाखाँची – बाबुराम पौडेल
१६. रोल्पा – मानबहादुर खत्री
१७. प्युठान – देवेन्द्र बर्मा
१८. दाङ – गोपालराज शर्मा
१९. रुकुम (पश्चिम) – नन्दबहादुर विष्ट
२०. सल्यान – दीपक चन्द
२१. जुम्ला – नेत्रकला शाही
२२. मुगु – तिलक मल्ल
२३. हुम्ला – सूर्यबहादुर शाही
२४. कालिकोट – नगेन्द्र विष्ट
२५. दैलेख – दिनेशकुमार हमाल
२६. डोटी – बाजिसिंह खड्का
२७. दार्चुला – सुरेन्द्रराज अवस्थी
२८. बैतडी – वीरबहादुर विष्ट
२९. बझाङ – हर्कजंगबहादुर सिंह
३०. उदयपुर – बसन्तकुमार बस्नेत
३१. रसुवा – उपेन्द्र लम्साल
३२. बाँके – प्रमोद श्रेष्ठ
३३. जाजरकोट – रामजंग शाह
३४. डडेलधुरा – डिल्लीराम जोशी
३५. बाजुरा – धनराज पण्डित
३६. काभ्रेपलाञ्चोक – रमेशप्रसाद हुमागाईं
३७. गुल्मी – वेदबहादुर थापामगर
३८. बर्दिया – जग्गाप्रसाद पाण्डे
३९ ओखलढुंगा – डेकराज भट्टराई

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000