Logo
Logo

छठ पर्व मनाउन रवि लामिछाने जनकपुरधाम जाने


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना दिँदै लामिछानेले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।

‘उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्,’ उनले भनेका छन्, ‘यी पर्वले परिवार, समाज र समुदायबिचको प्रेम, सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउँदै विविधताबिचको हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाउन् ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000