काठमाडौं । बारामा पटका पट्काउँदा एक जना घाइते भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका-६ घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान घाइते भएका प्रहरीले जनाएको छ ।

आफ्नै घरको आँगनमा गए राति साढे १० बजेतिर पटका पड्काउने क्रममा उनी जल्न पुग्दा घाइते भएका हुन् । पटका पड्केर आगलागी हुँदा उनको दुवैतर्फको तिघ्रा लगायतका भाग जलेको प्रहरीले जनाएको छ । घाइते देवानलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको छ ।


















