Logo
Logo

युवराजको शतकमा पोखराले कर्णालीलाई दियो २१८ रनको विशाल लक्ष्य


0
Shares

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससामु २१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१७ रनको योगफल तयार पारेको छ । जारी सिजनमा पहिलो पटक दुई सय माथिको योगफल तयार भएको हो ।

पोखराका लागि युवराज सामराले ४५ बलमा १० चौका र ६ छक्का सहयोगमा शतक पूरा गरेका हुन् । जारी एनपीएलमा बनेको यो पहिलो शतक हो । उनले ४८ बलमा १०२ रन बनाउँदा मार्क वाटको बलमा अरिफुल स्लामको बलमा क्याच आउट भए ।

एनपीएलमा बनेको यो चौथो शतक हो । यसअघि पहिलो सिजन पोखराका आद्रेस गसले ५५ बलमा शतक हानेका गिए। दोस्रो सिजन कर्णाली याक्सका मार्क वाटले ४१ बलमा तथा पोखराकै आडम रोसिङटनले ५८ बलमा शतक पूरा गरेका थिए।

एनपीएलको तीन सिजनमा चार खेलाडीले शतक बनाए । चारै शतक विदेशी खेलाडीको नाममा रह्यो। एनपीएल इतिहासमा अहिलेसम्म प्लेअफ पुग्न नसकेको पोखराका लागि तीन खेलाडीले शतक हानेका छन्।

दोस्रो विकेटका लागि युवराज र कुशल भुर्तेलले १३६ रनको साझेदारी गरे। कुशल ३९ बलमा सात चौका सहयोगमा ६२ रन बनाउँदा सोमपालकै बलमा विकेट किपरको हातबाट क्याच आउट भए । कुशलले २८ बलमा ६ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।

ओपनर मेहदी हसन १६ बलमा पाँच रन बनाउँदा सोमपालकै बलमा क्याच आउट भए । सन्नी विके तीन र कप्तान चमिका करुणारत्ने ३५ रनमा अविजित रहे। कर्णालीका लागि सोमपाल कामीले दुई विकेट लिए। उनले आफ्नो स्पेलमा २४ रन खर्चे। मार्क वाटको नाममा एक विकेट रह्यो।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000