
काठमाडौं । नुवाकोटमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । सोमबार बिहान १०ः ५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । मोटरसाइकल अनियन्त्रित भई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई विदुर–९ मा बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर–१३ की ३१ वर्षीया विन्दा थापामगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापामगरको मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।


















