
काठमाडौैं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको सुख्खा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
घोप्टेभिरमा आज बिहान खसेको पहिरो व्यबस्थापन गरी दिउँसोबाट यातायात सुचारु गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्र पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको जानकारी दिए ।
मुग्लिन र धादिङ तर्फबाट ६ वटा, लोडर, एक्साभेटर, जेसीबी प्रयोग गरी पहिरो पन्छाइएको हो । उक्त स्थानमा आइतबार पनि पहिरो खसेर केही बेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएर यातायात सञ्चालन गरिएपनि गए राति १ बजे पुनः पहिरो खसेको थियो । सडक सञ्चालनमा आएसँगै लाइनमा रहेका सवारी गन्तव्यतर्फ लागेका छन् ।


















