Logo
Logo

सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध


0
Shares

गुल्मी । कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो ।

The current image has no alternative text. The file name is: pahiro-prithvirajmarg.jpg

प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली अहिले पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा सडकमा थुप्रिएको पहिरो हटाउनका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

तिहारको समयमा सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बाग्लुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरू रातिदेखि बीच बाटोमै रोकिएका छन् ।

कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि पछिल्लो समयमा सवारी चापका दृष्टिकोणले उक्त सडक जिल्लाको अति व्यस्त सडकअन्तर्गत पर्दछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000