Logo
Logo

एनपीएल: पोखरालाई स्तब्ध पार्दै विराटनगर शीर्ष चारमा, प्लेअफ आशा कायमै, पोखरा बाहिरियो


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले पोखरा एभेन्जर्समाथि जित निकाल्दै अङ्कतालिकाको शीर्ष चारमा स्थान बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा १३२ रन बनाउँदै विराटनगरलाई १३३ रनको लक्ष्य दिएको थियो । विराटनगरले उक्त लक्ष्य १९ ओभर २ बलमा पूरा ग¥यो । यो जितसँगै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको विराटनगरको प्लेअफ पुग्ने सम्भावना कायमै रहेको छ । यता पराजित भएसँगै पोखराको भने प्लेअफ यात्रा समाप्त भएको छ ।

खेलमा विराटनगरका लागि बसिर अहमदले संयमित ब्याटिङ गर्दै ३७ रन बनाए । ३९ बल खेलेका उनले समान २ चौका र २ छक्का प्रहार गरे । ओपनर लोकेश बमले २७ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३३ रन जोडे । आठौं नम्बरमा ब्याटिङ गरेका इसुरु उडानाले १२ बल खेल्दै अविजित ४ चौका र १ छक्का मदतमा अविजित २५ रन योगदान गरे । उनले विजयी चौका प्रहार गरेका थिए ।

यस्तै सातौं नम्बरमा ब्याटिङ गरेका शेहान जयासूर्याले १४ बल खेल्दै २ चौका मदतमा अविजित १७ रन बनाए । ओपनर इमरान शेख १० र एन्जेलो म्याथ्युज ८ रन बनाएर आउट भए भने चरिथ असलंका र प्रतिश जिसीले खाता खोल्न सकेनन् । बलिङमा पोखराका लागि कुशल भुर्तेल र रमेश मेन्डिसले २–२ तथा बिपिन खत्री र धनन्जय लक्षणले १–१ विकेट लिए ।

त्यसअघि, पोखराका लागि युवराजले आक्रमक ब्याटिङ गरेपनि अन्य ब्याटरले राम्रो साथ दिन सकेनन् । सम्राले ४७ बल खेल्दै ७ चौका र ५ छक्का मदतमा सर्वाधिक ८४ रन बनाए । सम्रासहित धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

७६–५ को स्थितीबाट युवराज र धनन्जयले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गर्दै पोखराको इनिङ्स सम्हालेका थिए । धनन्जयले १५ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । सन्नीले ११ बलमा १ छक्का मदतमा १२ रन जोडे । अर्जुन कुमाल १, अर्जुन घर्ती ५ र बिपिन खत्री ५ रनमा आउट भए ।

पोखराका कुशल भुर्तेल, रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्नाले खाता समेत खोल्न सकेनन् । सागर ढकाल १ रनमा अविजित रहे । पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए । उनले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका हुन् । उनले १५औं ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिएका हुन् ।

सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो खेलाडी बने । यसअघि काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए । सन्दीपले यसअघि ५ खेलमा १ विकेट मात्र लिएका थिए भने आज एकै खेलमा ६ विकेट लिइसकेका छन् ।
उनी एकै खेलमा ६ विकेट लिने तेस्रो खेलाडी बनेका छन् । यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए । एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले १–१ विकेट लिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000