Logo
Logo

एनपीएलमा आज काठमाडौं-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्दै 


0
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । आज अपराहन्न साढे १२ बजेदेखि हुने खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स आमने सामने हुँदै छन् ।

The current image has no alternative text. The file name is: npl-4.jpg

जारी प्रतियोगितामा काठमाडौँ गोर्खाजले ५ खेलमा ४ जित र एक हारसहित ८ अङ्क हासिल गर्दै दोस्रो स्थानमा रहेको छ भने सुदुरपश्चिम रोयल्सले ६ खेलमा ४ जितसहित ८ अङ्क हासिल गरेको छ । रनरेटका आधारमा सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमको यो लिग चरणको अन्तिम खेल रहेको छ ।

त्यसैगरी आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् । चितवन राइनोजले ५ खेलमा ५ अङ्क हासिल गरेको छ हाल पाँचौँ स्थानमा रहेको छ । त्यस्तै जनकपुर बोल्ट्सले भने ६ खेलमा ४ अङ्क हासिल गरेको छ । जनकपुर बोल्ट्सको यो लिग चरणको अन्तिम खेल समेत हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000