Logo
Logo

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-३१ को अवसरमा टर्कीको अन्टाल्यामा भएको भेटवार्तामा मन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि महासचिव गुटेरेसले व्यक्त गरेको समवेदना र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका थिए ।

The current image has no alternative text. The file name is: pararast.jpg

उनले संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा गुटेरेसले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै बहुपक्षीय सहकार्य, विश्व शान्ति, मानव मर्यादा र दिगो विकासलाई अघि बढाउन उनको प्रतिबद्धताको सराहना गरेका थिए ।

भेटमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख मुलुकका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

दुवै पक्षबीच नेपालको पुनःस्थापना तथा पुनर्निर्माण, विश्वव्यापी शासन प्रणालीमा सुधार, बहुविपद् पूर्वसूचना प्रणाली, जलवायु वित्तको विस्तार र जलवायु कार्यबारे पनि विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000