Logo
Logo

बल्खु-दक्षिणकाली-हेटौँडा सडकखण्डमा राति सवारीसाधन चलाउन नपाइने


0
Shares

काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौँडा चल्ने सडकखण्डमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ । उक्त सडकखण्डमा दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारीका लागि निश्चित समय तोकेको हो ।

अब काठमाडौंबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारी साधन बेलुका ८ बजे सम्ममा प्रहरी चेकपोष्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ ।

“बिहान ५ बजेपछिमात्र बल्खुबाट उक्त रुटमा चल्ने यात्रुवाहक भाडाका एवं सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपर्नेछ,” जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकाल्दै भनेको छ, “यात्रुवाहक भाडाका एवं सार्वजनिक सवारीसाधनहरुको अवस्थाको पूर्ण रुपमा चेकजाँच गरेर मात्र सञ्चालन गर्नुपर्नेछ ।”

काठमाडौं जिल्लाभित्रका उक्त रुटमा पर्ने प्रहरी युनिटहरूले (ट्राफिक प्रहरी समेत) कडाइका साथ भाडाका एवं यात्रुवाहक प्रत्येक सवारी साधनको अनिवार्य रूपमा चेकजाँच गर्ने व्यवस्था मिलाउनु पर्ने सूचनामा उल्लेख छ ।

“साँघुरा सडक खण्ड, यान्त्रिक अवस्था ठिक नरहेका सवारी साधनहरूको प्रयोग, सवारी चालकहरुको लापरवाही, तीव्र गति, भिरालो र घुम्तीयुक्त सडक, रातको समयमा अध्यारो सडकमा यात्रा गर्दा सर्वसाधारण यात्रु एवं सवारी चालक र सवारी साधन समेतको जोखीम उच्च रहेको छ,” सूचनामा भनिएको छ ।

तीव्र प्रतिष्पर्धाका कारण पटके ट्रिप एकै दिनमा गर्ने गरी चालकहरुले भोग्ने अत्यधिक तनावको अवस्था एवं अनिद्राजस्ता कारणहरुबाट बारम्बार गम्भीर खालका दुर्घटना उक्त सडकमा दोहोरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000