काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको १६७ रनको लक्ष्य पछाएको लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

लुम्बिनीका लागि डिआर्ची शर्ट र आसिफ सेखले ४५-४५ रन बनाए भने अली सेखले २७ र सन्दीप जोराले अविजित २५ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो ।
यो जितपछि लुम्बिनी लायन्स शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायर्स खेल्ने भएको छ । त्यस्तै विराटनगर किंग्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।
यो खेलपछि काठमाडौँ गोर्खाज र चितवन राइनोज पनि प्लेअफमा पुगेका छन् । त्यस्तै जनकपुर बोल्ट्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स भने प्लेअफको दौडबाट बाहिरिएका छन् ।


















