
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावको मितिबारे छलफल गर्न राजीतिक दलहरूलाई बोलाएको छ । आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरूलाई मंसिर ४ गते छलफलका लागि बोलाएको हो ।
निर्वाचन आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभामा राट्रिय दलको मान्यता प्राप्त दललाई स्थानीय निर्वाचनबारे छलफलका लागि बोलाइएको जानकारी दिए ।
प्रतिनिधि सभामा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा राष्ट्रिय दल छन् । प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता नपाएका जसपा नेपाल र राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय दल हुन् ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी बैशाखमा सकिँदैछ । यता कांग्रेसका सभापति गगन थापाले पनि निर्वाचन आयोगले मंसिर ४ गते स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न डाकेको जानकारी दिएका छन् ।


















