काठमाडौं । नवलपुरको कावासोती नगरपालिका-११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे पूर्वपश्चिम राजमार्गमा पल्टिएको थियो ।

दुर्घटनामा घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ । प्रहरीका अनुसार दुर्घटनाबाररे अनुसन्धान भइरहेको छ ।


















