Logo
Logo

मुगु जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो


0
Shares

मुगु । मुगुमा भएको जिप दुर्घटनामा घाइते भई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएकी अञ्जु थापाको काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको छ। उनको निधनसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी थापालाई सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो।

मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा उपचारका क्रममा अञ्जु थापाको निधन भएको जानकारी दिए ।

यसअघि दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। घाइतेमध्ये अञ्जुको निधन भएपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको हो।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000