
काठमाडौं । सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । प्रतिकूल परिस्थितिका बाबजुद पनि निरन्तर व्यवसाय सञ्चालन गर्दै राजस्वमा महत्त्वपूर्ण योगदान पु¥याएको र रोजगारी सिर्जना गरेको भन्दै सरकारले भाटभटेनीलाई विशेष सम्मान गरेको हो ।
राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनीका सञ्चालक सावित्री गुरुङ सम्मान गरे । कर दिवसका अवसरमा सरकारले भाटभटेनी लगायत विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई समेत सम्मान गरेको छ।


















