काठमाडौं । एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज मङ्गलबार कतारका लागि प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले टोलीलाई बिदाइ गरेका हुन् । क्यानले केही दिनअघि मात्र लामिछानेको नेतृत्वमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।
टोलीमा कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल छन् ।
प्रतियोगिता नोभेम्बर १९ बाट कतारमा सुरु हुँदैछ । समूह चरणमा नेपालले नोभेम्बर २० मा भारत ‘ए’, नोभेम्बर २२ मा युएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग खेल खेल्ने तालिका रहेको छ ।


















