Logo
Logo

रुसमा सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु


0
Shares

काठमाडौं । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । नियमित उडानमा रहेको एन–१२ विमान यागुनोभो गाउँनजिकै सुनसान क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै जनाको मृत्यु भएको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।

रुसी सरकारी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक अनुसन्धानमा विमान दुर्घटनाको सम्भावित कारण प्राविधिक खराबी रहेको बताइएको छ ।

घटनाबारे रुसी उड्डयन अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् । स्थानीय गभर्नर इल्या सेरेदियुकका अनुसार घटनास्थलमा लागेको आगो उद्धार टोलीले तत्काल नियन्त्रणमा लिएको थियो । प्रहरीले दुर्घटनास्थल आसपासको क्षेत्रलाई घेराबन्दी गरेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000