Logo
Logo

दस्तुर विवरण बुझाउन इन्टरनेट सेवा प्रदायकलाई १० दिनको म्याद


0
Shares

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (इमेल सहित) सेवा प्रदायक कम्पनीहरूलाई दूरसञ्चार सेवा दस्तुरसँग सम्बन्धित आवश्यक कागजात तथा विवरण १० कार्य दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखा, जमलले मिति मङ्सिर २ गते एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो ।

आर्थिक ऐन, २०८३ को दफा ८ को उपदफा ५ मा ‘दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ’ भन्ने व्यवस्था रहेको उल्लेख गर्दै प्राधिकरणले सेवा प्रदायकहरूसँग विवरण माग गरेको हो ।

सूचनाअनुसार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरी सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकहरूले आर्थिक वर्ष २०८२/८३ र चालु आर्थिक वर्षको असोज महिनासम्म नियमानुसार नेपाल सरकारको राजस्व खातामा दाखिला गरेको दस्तुरसम्बन्धी कागजात पेश गर्नुपर्नेछ ।

प्राधिकरणले तोकेको ढाँचामा प्रत्येक महिनाको लागि छुट्टाछुट्टै विवरण तयार गरी बुझाउनुपर्नेछ । विवरणमा मासिक बिक्रीतर्फ इन्टरनेट बिक्री बापतको आय, मर्मत सम्भार बापतको आय, उपकरण बिक्री बापतको आय र अन्य आय गरी जम्मा आयको रकम खुलाउनुपर्नेछ ।

यसैगरी, दूरसञ्चार सेवा दस्तुर दाखिला भए वा नभएको विवरण अन्तर्गत दाखिला गरिएको रकम, दाखिला गरिएको मिति, तोकिएको समयभन्दा ढिलो बुझाएको भए दाखिला भएको ब्याज रकम र जम्मा दाखिला भएको रकमसमेत उल्लेख गरी १० कार्य दिनभित्र प्राधिकरणमा पेश गर्न सूचित गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000