
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । कार्कीले पुनर्बहाली माग गर्दै दर्ता गराएको रिट निवेदन सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशल श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ ।
कात्तिक २० गते दर्ता भएको रिटको पेसी यसअघि सोमबारका लागि तोकिएको थियो । तर सोमबार सरकारले छठ पवको बिदा दिएकाले सुनुवाइ गर्ने मिति दुई दिनपछि आजलाई सारिएको हो ।
कात्तिक १८ गते कार्कीलाई सरकारले आइजीपीबाट हटाएर मनोज केसीलाई नयाँ आइजीपी बनाएको थियो । त्यसपछि उनले वारेसमार्फत रिट पेस दर्ता गरेका हुन् । उनले रिट निवेदनको अन्तिम किनारा नलागेसम्म आफूलाई हटाउने कात्तिक १८ को निर्णय कार्यान्वयन नगर्न र आफूलाई महानिरीक्षक पदमा रही कामकाज गर्न दिन अन्तरिम आदेश माग गरेका छन् ।
केसीलाई नियुक्त गर्ने, दज्र्यानी चिह्न प्रदानलगायत सम्पूर्ण निर्णय बदर गर्न पनि रिटमा उनले माग गरेका छन्। रिटको सुनुवाइमा अग्राधिकार प्रदान गर्न पनि माग गरिएको छ ।


















