Logo
Logo

जसपा नेपालबाट निर्वाचित १८ जनप्रतिनिधिको पद रिक्त


0
Shares

काठमाडौैं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित स्थानीय तहका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले आज सूचना जारी गर्दै जसपाबाट निर्वाचित १८ जना जनप्रतिनिधिको पद रिक्त भएको  जानकारी दिएको हो  । जसमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईसहितका जनप्रतिनिधि पदमुक्त भएका हुन् । 

The current image has no alternative text. The file name is: jasapa-nepal.jpg

पदमुक्त हुने अन्य जनप्रतिनिधिहरूमा सिराहाको लहान गरपालिकाका उपमेयर रामचरित्तर महतो, खोटाङको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङ र देशका विभिन्न जिल्लाका स्थानीय तहका ९ जना वडाध्यक्ष लगायत छन् । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम उनीहरू दलबिहीन भएपछि पदमुक्त भएका निर्वाचन आयोगले जनाएको छ । 

उनीहरूले गत फागनु २१ गतेको निर्वाचनमा पार्टीको नीति, सिद्धान्त तथा निर्णय विपरितको काम गरेको भन्दै जसपाले निर्वाचनमा आयोगमा उजुरी गरेपछि उनीहरू पदमुक्त भएका हुन् । 

पदमुक्त भएका अधिकांश जनप्रतिनिधिले गत निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई पराजित गर्ने र रास्वपाका उम्मेदवारलाई जिताउने भूमिकामा थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000