Logo
Logo

चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा


0
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लगातार फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ३  विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । चितवनले दिएको १३४ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

The current image has no alternative text. The file name is: Sudur1793198589.jpg

सुदूरपश्चिमका लागि थारिन्दु रत्नायकेले ५३ रन बनाए भने विनोद भण्डारीले २३ रन, दिपेन्द्र सिंह ऐरीले १५ र इशान पाण्डे र आरिफ सेखले १०/ १० रन बनाएका थिए ।    त्यस्तै चितवनका बलर रंजित कुमारले २ विकेट लिए भने कमल ऐरी, रिजन ढकाल, उसमा मिर, सलाहुद्दीन खानले एक एक विकेट लिएका थिए ।

त्यस्तै, टस जितेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । चितवनका लागि डेविड मलानले अविजित ७१  रन बनाएका थिए भने सलाहुद्दीन खानले १८ रन र कमल सिंह ऐरीले १० रन बनाएका थिए ।

त्यस्तै सुदूरपश्चिमका बलर स्कट कुगेलाईनले ३ विकेट लिए भने थारिन्दु रत्नायेकेले २ तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र इशान पाण्डेले एक एक विकेट लिएका थिए । अब फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सको सामना गर्ने छ भने चितवन राइनोज बाहिरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000