
काठमाडौं । प्रधानमन्त्री वालेन शाह यही मङ्सिर ६ र ७ गते भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा आइतबार दिल्ली प्रस्थान गर्ने भएका हुन् ।
प्रधामन्त्री वालेन नेतृत्वमा हुने भारतको राजकीय भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल सहभागी हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेसँगै भ्रमण टोलीमा रहने उद्योगी–व्यवसायीहरूको सूची तय भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलबाहेक निजी क्षेत्रका ५२ जना उद्योगी–व्यवसायी आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजना हुने ‘नेपाल–भारत बिजनेस फोरम’ मा दुई देशका निजी क्षेत्रका प्रतिनिधिबीच व्यापार, लगानी र आर्थिक साझेदारी विस्तारका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
सूचीअनुसार भ्रमण टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, निक्कीका अध्यक्ष कुनाल कयालसहित विभिन्न व्यावसायिक संघ–संस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिष्ठित उद्यमीहरू समेटिएका छन् ।
प्रधानमन्त्रीसँग भारत जाने ५२ व्यवसायीहरुः




















