
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने निव्याजी ऋण स्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोषबाट ‘¥यापिड क्रेडिट फ्यासिलिटी’अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलरबराबरको निव्र्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।
त्यसबाहेक भोटेकोसी बाढीबाट प्रभावितका लागि चीन सरकारबाट ‘जीवन रक्षा तथा आपत्कालीन उद्धार र राहतका लागि प्राप्त हुने’ दुई मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यस्तै नेपालभर नाप जाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गरेको छ । राष्ट्रिय जैविक विविधता रणनीतिक कार्ययोजना २०२६–३० स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
यस्तै, ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्र्स (मापदण्ड) २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झोलुंगे पुल नीति २०८३ स्वीकृत गरेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।


















