Logo
Logo

प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौं : रास्वपा


0
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा वृहत छलफलपछि मात्रै निष्कर्षमा पुग्ने जनाएको छ ।

The current image has no alternative text. The file name is: jagadhish.jpg

शुक्रवार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाएपछि रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले यस्तो बताएका हुन् । उनले निर्वाचन आयोगले राखेको छलफलमा स्थानीय तह र प्रदेशको निर्वाचन सँगै गराउने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयका दुवै पक्षका फाइदा र बेफाइदाबारे छलफल हुने बताए । खरेलले निर्वाचन आयोग, राजनीतिक दल, सरकार तथा अन्य सरोकारवालाबीच वृहत छलफल गरेर मात्रै निर्वाचनको विषयमा निष्कर्ष निकाल्नुपर्ने बताए । 

उनले भने, ‘पहिले निर्वाचन आयोग र विभिन्न राजनीतिक दलका तर्फबाट धारणा आउँछ । स्थानीय तह र प्रदेशको निर्वाचन छुट्टाछुट्टै गर्ने कि सँगै गर्ने, सँगै गर्दा के फाइदा र बेफाइदा छन् भन्ने विषयमा वृहत छलफल गर्छौं ।’ उनले शुक्रवारको छलफल प्रारम्भिक चरणको मात्रै भएकाले यसैबाट रास्वपाको आधिकारिक धारणा तय नहुने स्पष्ट  पारे । छलफलपछि आवश्यकताअनुसार राजनीतिक दलहरूबीच, सरकार र निर्वाचन आयोगबीच तथा अन्य सरोकारवालासँग थप छलफल गरेर पार्टीले आफ्नो आधिकारिक धारणा अघि बढाउने उनको भनाइ छ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000