Logo
Logo

एसिया कप राइजिङ स्टार्स : नेपालले आज युएईसँग खेल्दै 


0
Shares

काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत आज नेपालले युएईको सामना गर्दै छ । दोहामा हुने यो खेल आज बिहान ११ : ४५ बजेदेखि सुरु हुँदै छ ।

The current image has no alternative text. The file name is: nepal-vs-uae.jpg

प्रतियोगितामा नेपालले पहिलो खेलमा भारत ए सँग ३०६ रनको फराकिलो हार बेहोरेर खराब सुरुवात गरेको छ भने युएईले पनि पाकिस्तान ए सँग ६१ रनको हार बेहोरेको छ । प्रतियोगितामा दुवै देशले पहिलो खेल हारेकाले यो खेल जित्नै पर्ने अवस्थामा आमने सामने हुँदै छन् ।   

नेपाल सन्दीप लामिछानेको कप्तानीमा यो प्रतियोगिता खेलिरहेको छ । नेपाली टोलीमा कप्तान लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल छन् ।

नेपालले यसपछि अर्को खेल नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग खेल्ने तालिका रहेको छ । एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान र बङ्गलादेशका ए टिम सहभागी रहेका छन् । भने हङकङ, नेपाल र युएईका मुख्य टिम प्रतिष्पर्धा गर्दैछन् । नेपालले भने एनपीएल जारी रहेकाले धेरै जसो खेलाडी प्लेअफबाट बाहिरिएका टिमका खेलाडी समेटेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000