Logo
Logo

देशभरको मौसम : केही हिमाली र तराई भेगमा हल्का वर्षा तथा हिमपातको सम्भावना


0
Shares

काठमाडौँ । आगामी चार दिन (२०८३ मंसिर ६ देखि ९ गतेसम्म) देशका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहने भए तापनि पूर्वी तथा मध्य क्षेत्रका केही स्थानमा आंशिक बदली भई हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने क्रम जारी रहनेछ।

दैनिक मौसम विवरण:

मंसिर ६ गते (आइतबार):
आइतबार दिउँसो मधेश र कोशी प्रदेश लगायत गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यस क्रममा कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
रातिको समयमा देशका हिमाली क्षेत्र, कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ। तराई, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्नेछ।

मंसिर ७ गते (सोमबार):
सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। ती तीनवटै प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्र तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा राति पनि मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ। बिहानपख तराई, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ।

मंसिर ८ गते (मंगलबार):
मंगलबार वर्षा र हिमपातको सम्भावना कम हुँदै जानेछ। यस दिन कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा मात्र आंशिक बादल लाग्नेछ भने देशका बाँकी सबै क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ।

मंसिर ९ गते (बुधबार):
बुधबार कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रका साथै गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेक्रम भने यथावत् रहनेछ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000