Logo
Logo

सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव


0
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सहमतिको सरकार गठन गर्ने बताएका छन् । आईतवार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सबै दलको सहमतिमा सरकार विस्तार गर्ने बताएका हुन् ।

उनले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै सबै राजनीतिक दलसँग छलफल गर्ने जानकारी दिए । आफूले यसअघि पहिलोपटक विश्वासको मत लिँदा सबै दलको समर्थन प्राप्त गरेको उल्लेख गर्दै उनले यसपटक पनि सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउने प्रयास रहने बताए ।

उनले मन्त्रिपरिषद् विस्तार पनि राजनीतिक दलहरूसँगको छलफलपछि टुंगो लाग्ने उल्लेख गरे । उनले सरकारको ध्यान अब सुस्त गतिमा रहेका कामलाई तिब्रता दिनेतिर हुने बताए । भ्रष्टाचार नियन्त्रण गर्ने र सबै राजनीतिक दललाई समेटेर सरकार सञ्चालन गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाई छ ।

उनले भने, ‘अब समय थोरै छ । अनि प्रदेशको काम पहिलाभन्दा अलि स्लो चलिरहेको थियो । त्यसलाई अब राम्रो गति दिएर काम गर्ने र जुन अलिअलि भ्रष्टाचार छ, त्यसलाई नियन्त्रण गरेर सबै दललाई फेरि मिलाएर अब सहमतिको सरकार बनाएर अनि राम्रो काम गर्ने हो । हामी अब भोलि सबै दलसँग छलफल गर्छौँ । मेरो प्रथम प्राथमिकता रहन्छ कि सब सबै दलले मिलेर जुन पहिलोचोटि मैले जुन विश्वासको मत दिए थिएँ सबै दलबाट, त्यस्तै सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउने । मन्त्रिपरिषद् विस्तार गर्नुभन्दा अगाडि हामी सबै दलसंग छलफल गर्छौं ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000