Logo
Logo

विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी


0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पाएका छन् ।

The current image has no alternative text. The file name is: birajbhakta.gif

प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएपछि वरियताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठले पाएका हुन् ।

प्रधानमन्त्री बालेन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज औपचारिक भारत भ्रमणमा जाँदै छन् । भारतका राष्ट्रपति र प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेर उनी भोलि साँझ स्वदेश फर्किनेछन् ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका हुन् । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000