Logo
Logo

धर्मनिरपेक्षताको निर्णय विदेशी दबाबमा भएको लिङ्देनको आरोप


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णय राजनीतिक दलहरूले आम नागरिकको इच्छाविपरित विदेशी शक्तिहरुको हस्तक्षेप र दबाबमा गरेको आरोप लगाएका छन् ।

आईतवार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले दलहरुले धर्मलाई राजनीतिसँग जोडेर आफ्नो राजनीतिक रोटी सेक्ने काम गरेको आरोप पनि लगाए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नु राजनीति नभएको जिकिर समेत गरे ।

अध्यक्ष लिङदेनले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने राप्रपाको मागलाई राजनीति भन्न नमिल्ने जिकिर गर्दै कसैले यसलाई राजनीतिक विषय मान्छ भने सनातन धर्मावलम्बीहरू राजनीतिमा आउन आह्वान समेत गरे । उनले हिन्दु धर्म नरहे नेपालको स्वाभिमान र अस्तित्व नै संकटमा पर्ने तथा देश नै नरहने अवस्था आउनसक्ने भन्दै यसतर्फ सबैले सोच्न आवश्यक रहेको समेत बताए ।

उनले भने, ‘हिन्दु धर्ममाथि हस्तक्षेप कसको कारणले भयो ? धर्म र पार्टीगत राजनीतिलाई दोहोर्याउने काम कसले गर्यो ? राजनीतिक दलहरुले दुई जना पनि सुन्न नसकेको धर्म निरपेक्षताको कुरा गरे । निरपेक्ष र सापेक्ष त हामीले पढेका थियौँ । तर धर्म निरपेक्ष भनेको हाम्रो समाजले अपवादको रुपमा बाहेक सुन्न पाएको थिएन । रातारात देश हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्र भयो । यसरी हिन्दु राष्ट्रमाथि कसले हस्तक्षेप गरे ? हिन्दु धर्मलाई राजनीतिसँग कसले लाद्यो त ? दलहरुले लादे । त्यसकारणले हामीले नेपाल धर्म निरपेक्ष नभई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्नु राजनीति होइन । यदि यसलाई कसैले राजनीति मान्छ भने त्योलाई स्वीकारेर यो सनातन समाजले एकचोटीमा राजनीतिमा आउनुपर्यो । दलहरुले त विदेशीको हस्तक्षेप, चाहाना र दबाबमा वा आफ्नो राजनीतिको रोटी सेक्न नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनायो होला ।’

अध्यक्ष लिङ्देनले नेपालको विविध संस्कृति र परम्परालाई सनातन हिन्दु धर्मले मात्र एकाकार र सहिष्णुताको मार्गमा डो¥याउने तर्क समेत गरे ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000