Logo
Logo

नयाँ दिल्ली पुगे प्रधानमन्त्री, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्ली पुगेका हुन् ।

प्रधामन्त्री शाहलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे । उनकाे स्वागतका लागि विमानस्थलमा रेड कार्पेट बिछ्याइएको छ भने विमानस्थल बाहिर सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्रीसँग भेटवार्ता, नेपाल–भारत बिजनेस फोरममा सहभागिता तथा भारतीय प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ताको कार्यक्रम छ । मोदीको औपचारिक निमन्त्रणामा दिल्ली गएका बालेन नेतृत्वको टोली सोमबार साँझ काठमाडौं फिर्ता हुनेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000