Logo
Logo

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, २ करोड १२ लाख बढी यात्रुले लिए सेवा


0
Shares

काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार सञ्चालनको २८ वर्ष पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले यही मंसिर ८ गतेदेखि २९औँ वर्षको यात्रा सुरु गर्न लागेको हो ।

कम्पनीका अनुसार सञ्चालनमा आएको हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुले केबलकार सेवा लिइसकेका छन् । स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको मनकामना केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको कम्पनीले जनाएको छ ।

२८ वर्षको सफल सञ्चालन पूरा गरेको अवसरमा कम्पनीले संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको दूरदृष्टि र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले यात्रु, कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदार, स्थानीय समुदाय, सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका तथा चितवन र गोरखा जिल्ला प्रशासन कार्यालयप्रति आभार व्यक्त गरेको छ ।

आगामी दिनमा यात्रुहरूलाई थप उत्कृष्ट सेवा र स्तरीय अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000