Logo
Logo

चीनमा उड्ने कारको परीक्षण उडान सफल


0
Shares

काठमाडौ । चीनमा पखेटाविहीन उड्ने कारको पहिलो परीक्षण उडान सफल भएको छ । मध्य चीनको हुनान प्रान्तस्थित चाङ्सामा शनिवार उक्त उड्ने कारको प्रोटोटाइपले पहिलो पटक उडान भरेको हो । 

The current image has no alternative text. The file name is: chaina-4.jpg

विशेष प्रविधिमा आधारित उक्त उड्ने कारमा मल्टी-स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ । यसमा उडानका लागि आवश्यक सबै प्रोपल्सन युनिटलाई बाहिरी आवरणभित्रै राखिएको छ ।

परम्परागत विमानमा जस्तो छुट्टै पखेटा नरहेको यो कार व्यक्तिगत हवाई यातायातका लागि नयाँ अवधारणाका रूपमा प्रस्तुत गरिएको छ । एक जना मात्र यात्रु बस्न मिल्ने उक्त प्रोटोटाइपको अधिकतम उडान भार क्षमता २८० किलोग्राम रहेको छ भने यसले १२० किलोग्रामसम्म भार बोक्न सक्छ । यस प्रविधिले भविष्यमा व्यक्तिगत हवाई यातायातको क्षेत्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000