Logo
Logo

आकाश क्यापिटलको नाम परिवर्तन हुँदै, अब ‘कामना सेवा क्यापिटल’


0
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरेसँगै उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनी बनाएको छ । यससँगै आकाश क्यापिटल अब ‘कामना सेवा क्यापिटल लिमिटेड’ नामबाट सञ्चालन हुने भएको छ ।

कम्पनीको आठौँ वार्षिक साधारण सभा सोमबार मंसिर ७ गते ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । बैंकले संस्थापक शेयर अधिग्रहण गरेपछि बसेको यो पहिलो साधारण सभा हो ।

सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनसहित वार्षिक वित्तीय विवरण पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८३र८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

त्यस्तै, कामना सेवा विकास बैंकको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक समितिमा नियुक्त भएका कर्मचारीहरूको नियुक्तिलाई पनि सभाले अनुमोदन गरेको छ ।

सभाले कम्पनीको पुँजी वृद्धि, नाम परिवर्तन, संस्थागत संरचना मजबुत बनाउने र व्यवसायको क्षेत्र विस्तार गर्ने प्रस्तावहरू समेत पारित गरेको छ । यसबाट कम्पनीलाई आगामी दिनमा नयाँ लगानीका अवसर खोज्न र व्यवसाय विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

कम्पनीको नयाँ स्वामित्व र पहिचानअनुसार हालको ‘आकाश क्यापिटल लिमिटेड’ नाम परिवर्तन गरी ‘कामना सेवा क्यापिटल लिमिटेड’ राख्ने निर्णय पनि भएको छ । आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि कम्पनी नयाँ नामबाट सञ्चालन हुनेछ ।

कामना सेवा विकास बैंकको सहायक कम्पनीका रूपमा अघि बढ्ने कामना सेवा क्यापिटलले आगामी दिनमा मर्चेन्ट बैंकिङ तथा पुँजी बजारसँग सम्बन्धित वित्तीय सेवाहरू विस्तार गर्ने लक्ष्य राखेको छ ।

कम्पनीले संस्थागत क्षमता बढाउँदै लगानीकर्तालाई विभिन्न वित्तीय सेवा र लगानीका अवसर उपलब्ध गराउने तथा नेपालको पुँजी बजारको विकासमा योगदान पु¥याउने जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000