Logo
Logo

स्वर्णिम र शिशिरसँगको फोटो राख्दै वालेनले लेखे- देश उभो लगाउने टोली 


0
Shares

काठमाडौं । भारत भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो भ्रमण टोलीका सदस्यहरूको प्रशंसा गरेका छन् ।

The current image has no alternative text. The file name is: balen-8.jpg

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालको तस्बिरसहित उनीहरूलाई ‘देश उभो लगाउने टोली, निकै मिहिनेती मान्छेहरू’ भन्दै प्रशंसा गरेका हुन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि सहभागी भएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई भ्रमण टोलीका सदस्यहरूको कामप्रतिको प्रशंसाका रूपमा हेरिएको छ ।  यसअघि वालेनले गृहमन्त्री र पुर्वाधार मन्त्रीको फोटो सेयर गर्दै देश बनाउने टोली भनेका थिए ।   

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000