
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौंले आज विरोध प्रदर्शन गरेको छ ।
पछिल्लो समय पत्रकारमाथि सरकारबाट भइरहेको धरपकड, गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै महासंघले बबरमहलमा विरोध प्रदर्शन गरेको हो । ‘पत्रकारलाई पटक-पटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित महासंघले धर्ना कार्यक्रम आयोजना गरेको हो ।
धर्ना कार्यक्रममा सहभागी पत्रकारहरूले पत्रकारलाई समाचार संकलन तथा सम्प्रेषण गर्ने क्रममा निर्वाध रूपमा काम गर्न पाउनुपर्ने माग गरेका छन् । समाचार लेखेकै विषयलाई लिएर केहि समयअघि प्रहरीले पत्रकारहरुलाईृ पक्राउ गर्नुका साथै मिडिया हाउसभित्रै पसेर आतंक मच्चाएको थियो ।


















