Logo
Logo

दानबहादुर कार्कीको रिटमा सुनुवाइ जारी


0
Shares

काठमाडौं । नेपाल प्रहरीको आईजीपीबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा आज छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ । दानबहादुरले आफुलाई स्पष्टीकरणको मौका समेत नदिई गैरकानुनी रूपमा आईजीपीबाट हटाइएको दाबी गर्दै मनोज केसीलाई आईजीपी बनाउने निर्णय बदर गरी आफुलाई पुनर्बहाली गर्न माग गरेका छन्।

अब आजको छलफलपछि दानबहादुरले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने टुंगो लाग्नेछ । सुरुमा दानबहादुरका पक्षका वकिलले बहस गरिरहेका छन् । उनीहरूको बहस सकिएपछि महान्यायाधीवक्ता कार्यालय र आईजीपी मनोज केसीका तर्फबाट बहस हुनेछ ।

सरकारले कात्तिक १८ गते प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएपछि असन्तुष्ट कार्कीले २० गते सर्वोच्च अदालतमा रिट हालेका हुन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000