Logo
Logo

कांग्रेसको केन्द्रिय समिति बैठक भोलि पनि बस्ने


0
Shares

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक भोलि शुक्रबार पनि बस्ने भएको छ । मंगलवारदेखि जारी बैठकमा एजेण्डामाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम बिहीवार पनि नसकिएपछि बैठक शुक्रबार पनि बस्ने भएको हो ।

केन्द्रिय सदस्य सुशील भट्टले बैठकमा पार्टीले यही मंसिर १५ गतेदेखि सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ’ अभियानको तयारी, सुकुम्बासी व्यवस्थापन तथा रसुवाको भोटेकोशी बाढीको विषयमा केन्द्रित रहेर केन्द्रिय सदस्यहरुले धारणा राख्नेक्रम जारी रहेको जानकारी दिए ।

उनले पार्टीको १५ महाधिवेशनबाट पारित दस्तावेजअनुसार समाजका मुद्दालाई कसरी पार्टीको एजेण्डा बनाउने भन्ने विषयमा समेत नेताहरु ले धारणा व्यक्त गरिरहेको बताए । शुक्रवार बस्ने बैठकले पार्टीको अगामी कार्यदिशा, मुलुकको वर्तमान राजनीतिक अवस्था र सरकारका कामकारबाहीबारे उचित निर्णय लिने उनले बताए ।

उनले भने, ‘हामीले चार पाँच वटा एजेण्डामा त बैठकको पहिलो दिनदेखि नै छलफल गर्दै आइरहेका छौँ । एउटा, नेपाली काँग्रेसले यही मंसिरको १५ गतेदेखि सञ्चालन गर्न लागिरहेको हामी तयार छौँ अभियानको बारेमा, अर्को सुकुम्बासी व्यवस्थापन तथा रसुवाको भोटेकोशी बाढीको सवाल लगायतका विषयवस्तुमा नेताहरु धारणा राखिरहनुभएको छ । अनि नेपाली समाजको विषयलाई कसरी नेपाली काँग्रेसको विषय बनाउन सकिन्छ ? भनेर विभिन्न भूगोलबाट आउनुभएका केन्द्रिय सदस्यहरुले आआफ्नो धारणा व्यक्त गरिरहनुभएको छ । यो बैठक भोलि पनि निरन्तर चल्नेछ । हामीले महाधिवेशनमा समाजको आवाज काँग्रेसको आवाज बनाउने भनेर जुन कुरा गरेका थियौँँ । सोहीअनुसार एउटा निष्कर्ष निकाल्ने तर्फ छलफल भइरहेको छ ।’

उनले सानेपास्थित पार्टी कार्यालय नै पार्टीभित्रका विवादमाथि छलफल गर्न पर्याप्त ठाउँ रहेको भन्दै काँग्रेस फुट्नुभन्दा जुट्न आवश्यक रहेको समेत बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000