Logo
Logo

सर्वोच्चसहित विभिन्न अदालतका ३१४ कर्मचारी सरुवा (सूचीसहित)


0
Shares

काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्चसहित विभिन्न अदालतका ३१४ जना कर्मचारीलाई सरुवा गर्न सिफारिश गरेको छ । बिहीबार बसेको आयोगको बैठकले एकैपटक ३१४ जना कर्मचारीलाई सरुवा गर्न सिफारिस गरेको हो ।

जसअनुसार सर्वोच्च अदालतको सहरजिस्ट्रारमा अशोककुमार क्षेत्री र उच्च अदालत पाटनको रजिस्ट्रारमा अर्जुनप्रसाद कोइरालालाई काज सरुवा गर्न सिफारिश गरिएको छ । उपसचिव सरहका १५ जनालाई पनि सरुवा गर्न सिफारिश गरिएको छ ।

यस्तै, विभिन्न समूहका २९७ जना शाखा अधिकृत सरहका कर्मचारीलाई पनि सरुवा गर्न सिफारिश गरिएको छ। सरुवा हुनेमा सरकारी वकिल समूह, कानुन समूह र न्याय समूहका शाखा अधिकृत पनि सरुवाका लागि सिफारिश भएका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000