Logo
Logo

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक शुक्रवार बिहान साढे ८ बजे बैठक बस्न लागेको हो । 

The current image has no alternative text. The file name is: nepali-congress-1.jpg

८ मंसिरदेखि सुरु भएको बैठकमा ७० जना केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखिसकेका छन् । केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने क्रम जारी रहेकोले बैठक आज पनि बस्न लागेको हो । 

बिहीबारको बैठकले होल्डिङ सेन्टरबाट सुकुमवासीलाई हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेको थियो । वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुमवासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउन नहुने कांग्रेसको धारणा छ ।

सरकारको यो निर्णय संविधान प्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्म विपरीत रहेको कांग्रेसको ठहर छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000