Logo
Logo

खल्तीमा २४ रुपैयाँ बोकेर मुम्बई पुगेका ठाकरे बने करोडपति


0
Shares

काठमाडौं । भारत महाराष्ट्रको जलगाउँ जिल्लास्थित बालवाडी गाउँका २८ वर्षीय भूषण ठाकरे खल्तीमा २४ रुपैयाँ बोकेर मुम्बई पुगेका थिए, तर फर्किँदा एक करोड २४ लाख रुपैयाँका धनी बनेका छन् । उनले भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबीसी) मा एक करोड रुपैयाँ जितेका हुन् ।

The current image has no alternative text. The file name is: kobanchha-karodpati.jpg

भूमिहीन मजदुर परिवारमा जन्मिएका भूषणका बुबा जीवनभर मजदुरी गरेर परिवार पाल्दै आएका छन् भने आमा लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेकी छन् । उनले इतिहासमा स्नातकोत्तर गरेका छन् र अहिले राजनीतिशास्त्रमा स्नातकोत्तरसँगै यूपीएससी परीक्षाको तयारी गरिरहेका छन् ।

सात करोडको प्रश्नसम्म पुगेका उनले एक करोड लिएर खेलबाट बाहिरिने निर्णय गरेका थिए । पछि आफ्नो अनुमान सही रहेको थाहा पाए पनि उनलाई कुनै पछुतो छैन । ‘यो रकम पनि मेरा लागि पर्याप्त छ,’ उनले बीबीसी हिन्दीलाई बताएका छन् ।

पढाइ खर्च जुटाउन आमाले बचत गरेर किनेको सुन बेच्नुपरेको सम्झँदै उनले सबैभन्दा पहिले आमाका लागि गहना किनिदिने बताएका छन् । ५५ वर्षीय बुबालाई अब मजदुरी गर्न नदिने र राम्रो सहरमा गएर उत्कृष्ट कोचिङबाट यूपीएससीको तयारी गर्ने उनको योजना छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000