Logo
Logo

लुम्बिनीका निषेधित क्षेत्रमा राखिएका पसल २४ घण्टाभित्र हटाउन निर्देशन


0
Shares

काठमाडौं । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा सञ्चालन तथा राखिएका पसल २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ ।

कोषले सार्वजनिक सूचना जारी गर्दै लुम्बिनीको पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप र अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा स्वीकृतिबिना पसल सञ्चालन तथा राखिएको भन्दै हटाउन निर्देशन दिएको हो ।

कोषले २०८३ भदौ १९ गतेदेखि लागू हुने गरी सूचना जारी गरेको २४ घण्टाभित्र पसल हटाई लैजान सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

तोकिएको समयभित्र पसल नहटाए प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत कोषले दिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000