Logo
Logo

खसीको भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ


0
Shares

काठमाडौं । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा काठमाडौंको टुकुचाबाट ८ जना पक्राउ परेका छन् ।

The current image has no alternative text. The file name is: arrested-3.jpg

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिवार दिउँसो काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्न लागिएको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो ।

प्रहरीले जाँच गर्ने क्रममा ५६७ किलो बाख्रीको मासुसहित ८ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूले उक्त मासु बा.५६ प.७५६० नम्बरको भ्यान र बा.२० च.६३४६ नम्बरको पिकअप गाडीमा लोड गरिरहेको अवस्थामा फेला परेका थिए ।

पक्राउ पर्नेहरूमा सिन्धुलीका दिलबहादुर मोक्तान, मुगुका करण बानियाँ, ललितपुरका मनोज थापा, धादिङका सनम तामाङ र राजु लामा, काभ्रेपलाञ्चोकका टेकबहादुर तामाङ र दिनेश महत तथा दोलखाका निखिल उप्रेती रहेका छन् । पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000