Logo
Logo

कांग्रेसको नाम, झण्डा र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : प्रकाशशरण महत


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा १५औँ महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले पार्टीको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: mahat.jpg

शनिवार महाधिवेशन प्रचार–प्रसार तथा सञ्चार व्यवस्थापनका लागि स्थापना गरिएको मिडिया सेन्टर उद्घाटन गर्दै महतले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरे ।

उनले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको बताउँदै पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई मूलधारमा फर्किन आग्रह गरे । महतले १५औँ महाधिवेशनमा सकेसम्म सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफ्नो चाहना रहेको पनि बताए । देउवा पक्षले आगामी मङ्सिर २१ देखि २४ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000