Logo
Logo

पार्टीको नाम, झन्डा र रूख चिन्ह अनधिकृत प्रयोग गर्नेलाई कांग्रेसले कारबाही गर्ने 


0
Shares

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको नाम, झन्डा तथा चुनाव चिन्ह रूखको अनधिकृत प्रयोग गरी गतिविधि सञ्चालन गर्नेविरुद्ध कानुनी कारबाही गर्ने निर्णय गरेको छ । मङ्सिर ८ गतेदेखि ११ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी दिँदै महामन्त्री प्रदीप पौडेलले सो बारे जानकारी गराएका हुन् । 

The current image has no alternative text. The file name is: nepali-congress.jpg

बैठकले यसअघि सार्वजनिक गरिएको ‘हामी तयार छौँ’ अभियान र अवधारणा स्वीकृत गरेको पौडेलले जानकारी दिए । यसको पूर्ण मापदण्ड तथा अवधारणा पछि सार्वजनिक गरिने उनले बताए । त्यस्तै, बैठकले ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ परिमार्जनसहित पारित गरेको छ । 

कार्यक्रम लामो समय चल्ने, धेरैलाई आसनग्रहण गराउने तथा वक्ता धेरै राख्ने जस्ता गुनासो सम्बोधन गर्न कार्यविधि पास गरिएको पौडेलले बताए । यसको विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ ।

केही व्यक्ति तथा समूहले कांग्रेसको नाम, लेटरप्याड, ब्यानर, चारतारे झन्डा तथा रूख चिन्हको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि गरिरहेकाप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको पौडेलले बताए । यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै नागरिक, सदस्य तथा शुभेच्छुकमा भ्रम सिर्जना गरेको उनको भनाइ रहेको छ । 

आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि नगर्न, नगराउन तथा आधिकारिक रूपमा प्रचारप्रसार नगर्न बैठकले आग्रह गरेको छ । भ्रमपूर्ण कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सदस्य, तहगत समिति तथा शुभेच्छुकलाई अपिल गरिएको छ ।

आग्रह र अपिल अटेर गरी अनधिकृत गतिविधि गर्ने वा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट भ्रामक प्रचार गर्ने व्यक्ति वा समूहविरुद्ध विधान र प्रचलित नेपाल कानुनअनुसार कारबाही तथा कानुनी प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ । आधिकारिक प्रतीकको संरक्षण र अनधिकृत प्रयोग रोक्ने कानुनी दायित्व निर्वाचन आयोगलगायत अधिकारप्राप्त निकायले पूरा गर्ने अपेक्षा पनि बैठकले गरेको पौडेलले बताए ।

यसैगरी कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिलगायत केही समिति गठन गर्न सभापतिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000