Logo
Logo

रुसको आणविक पनडुब्बी ‘पर्म’ प्रशान्त महासागरस्थित नौसैनिक बेडामा तैनाथ हुने


0
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ आणविक शक्तिबाट सञ्चालित पनडुब्बी ‘पर्म’लाई रुसको प्रशान्त महासागरस्थित नौसैनिक बेडामा समावेश गरी सैन्य सेवामा खटाइने बताएका छन् । रुसको उत्तरपश्चिमी क्षेत्रमा रहेको प्रमुख जहाज निर्माण केन्द्र सेभेरोद्भिन्स्कस्थित सेभमास सिपयार्डमा शुक्रवार आयोजित पनडुब्बीमा रुसी नौसेनाको झण्डा फहराउने समारोहमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । 

The current image has no alternative text. The file name is: sabmarin.jpg

क्रेमलिनले जारी गरेको आधिकारिक विज्ञप्तिमा पुटिनको भनाइ उल्लेख गरिएको छ । पुटिनकाअनुसार ‘पर्म’ पछिल्लो छ वर्षमा रुसी नौसेनालाई हस्तान्तरण गरिएको यासेन–एम श्रेणीको पाँचौँ आणविक पनडुब्बी हो । उनले अत्याधुनिक आणविक पनडुब्बी निर्माण गर्न सक्ने क्षमता विश्वका सीमित मुलुकसँग मात्र रहेको उल्लेख गर्दै यस्ता पनडुब्बीलाई विश्वव्यापी रणनीतिक महत्त्वका हतियार प्रणालीका रूपमा व्याख्या गरे ।

क्रेमलिनका अनुसार ‘पर्म’ चौथो पुस्ताको बहुउद्देश्यीय आणविक पनडुब्बी हो । यो रुसी नौसेनाको पहिलो यस्तो पनडुब्बी हो, जसमा हाइपरसोनिक क्रुज क्षेप्यास्त्र ‘जिरकोन’लाई नियमित हतियारका रूपमा जडान गरिएको छ । यासेन–एम श्रेणीका पनडुब्बी विश्वका विभिन्न समुद्री क्षेत्रमा गोप्य रूपमा सञ्चालन हुन सक्ने गरी निर्माण गरिएका हुन् ।

समारोहमा बोल्दै राष्ट्रपति पुटिनले सेभमास सिपयार्डमा विभिन्न प्रकारका आणविक पनडुब्बी निर्माणको काम योजनाअनुसार अघि बढिरहेको बताए । सन् २०३० सम्ममा पाँचवटा क्षेप्यास्त्रवाहक पनडुब्बी रुसी नौसेनालाई हस्तान्तरण गर्ने योजना रहेको उनले जानकारी दिए । तीमध्ये तीनवटा यासेन–एम श्रेणीका हुनेछन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000