Logo
Logo

कामना सेवा विकास बैङ्कलाई लगातार तेस्रो पटक साफा अवार्ड


0
Shares

काठमाडौं । कामना सेवा विकास बैङ्क लिमिटेड “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२५” बाट सम्मानित भएको छ । बैङ्क साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने “सर्टिफिकेट अफ मेरिट अवार्ड” बाट सम्मानित भएको हो ।

The current image has no alternative text. The file name is: kamana-sewa-bank.jpg

साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जबाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गर्ने भएको हो । बैङ्कले आफ्नो १९ औँ वार्षिक साधारणसभामा पेश गर्नको लागि तयार गरेको उक्त वित्तीय विवरणमा शेयरधनीहरु तथा सरोकारवालाहरुलाई बैङ्कको विवरणहरू उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।

साफाले बंगलादेशको ढाकामा आयोजित एक समारोहमा उक्त अवार्ड बैङ्कलाई प्रदान गरेको छ । विकास बैङ्कले गत वर्ष समेत साफा अवार्ड जित्न सफल भएको थियो ।

साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको सञ्जाल साझेदार हो जसमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्स र अफगानिस्तान लगायत विभिन्न एघार वटा दक्षिण एसियाली क्षेत्रका चार्टड् एकाउन्टेन्ट निकायहरू समावेश छन् । साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरूको मूल्याङ्कन गरी विभिन्न विधामा अवार्डहरू प्रदान गर्दै आइरहेको छ ।

बैङ्कको उक्त वित्तीय प्रतिवेदन चार्डड एकाउन्टेन्ट संस्था नेपालबाट प्रदान गरिने “राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२४” तथा “राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२५” मा समेत वित्तीय सेवा क्षेत्र तर्फको विधामा “गोल्ड अवार्ड” बाट सम्मानित भएको थियो  ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000