Logo
Logo

अभियुक्त छुटाइदिने भन्दै ९० हजार लेनदेन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ माघ ।
महानगरीय प्रहरी वृत्त थानकोटमा थुनामा रहेका एक व्यक्तिलाई छुटाइदिने भन्दै ९० हजार रुपैयाँ लेनदेन भएको छ । मकवानपुर टिस्टुङ घर भएका चन्द्र लामा भनिने बुद्धी बहादुर घलानलाई प्रहरीले पक्राउ गरेको हो ।


वृत्तको थुनामा रहेका व्यक्तिको मुद्दा मिलाएर छुटाइदिने भन्दै प्रहरीको नाममा पीडितको पक्षबाट ९० हजार रुपैयाँ लिइसकेका थिए । उनको केही प्रहरीसँग पनि मिलेमतोको आशंका गरिएको छ । घलानलाई थानकोट वृत्तकै हिरासतमा राखिएको छ ।
यसअघि थानकोट वृत्तका इन्सपेक्टर गायत्रीराज शर्मा १५ हजार घुससहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्